

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, कपिलवस्तुले पायाे २ मन्त्री



काठमाण्डाै – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । पुस २७ गते विनाविभागीय मन्त्री बनेका दुई जनासहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको छ ।
माओवादी संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री र एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री बन्नुभएको छ । यस्तै माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएको छ ।
विनाविभागीय मन्त्री कृष्ण केसीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि हिजो राजीनामा दिएको खबर सार्वजनिक भएको थियो । तर उहाँलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको शपथ ग्रहण आज दिउँसो १ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले ३ तथा जनमत र राप्रपाले १–१ मन्त्रालय पाएका छन् । माओवादीबाट तुलाराम घर्ती सभामुख र राप्रपाबाट मेनुका खाण केसी उपसभामुख निर्वाचित भइसक्नुभएको छ । लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । मुख्यमन्त्री गिरीले माघ ५ गते नै विश्वासको मत लिइसक्नुभएको छ । 


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया