

कञ्चन ५ गरगरेमा सुनचाँदी पसलबाट गहनासहितको सेफ चोरी


रूपन्देही । रुपन्देहीमा एक सुनचाँदी पसलमा चोरी भएको छ । कन्चन गाउँपालिका– ५ गरगरेमा रहेको न्यू अर्घाखाँची सुनचाँदी पसलबाट साढे ८ लाख मुल्यका तयारी सुनका गहना चोरी भएको हो ।
पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति पसलको सटर फोरेर सेफसहित चोरी भएको हो । पसलधनी लालबहादुर विश्वकर्माका अनुसार सेफमा ८ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो ।
कञ्चन गाउँपालिकाले बजार क्षेत्रमा सीसीटीभी राखेको भए पनि कुनै पनि चालू अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।
उनका अनुसार चोरी भएको ठाउँदेखि चार सय मिटर पश्चिम कपिलवस्तु तर्फ आउने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने ट्रे फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया