

कञ्चन ५ गरगरेमा सुनचाँदी पसलबाट गहनासहितको सेफ चोरी



रूपन्देही । रुपन्देहीमा एक सुनचाँदी पसलमा चोरी भएको छ । कन्चन गाउँपालिका– ५ गरगरेमा रहेको न्यू अर्घाखाँची सुनचाँदी पसलबाट साढे ८ लाख मुल्यका तयारी सुनका गहना चोरी भएको हो ।
पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति पसलको सटर फोरेर सेफसहित चोरी भएको हो । पसलधनी लालबहादुर विश्वकर्माका अनुसार सेफमा ८ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो ।
कञ्चन गाउँपालिकाले बजार क्षेत्रमा सीसीटीभी राखेको भए पनि कुनै पनि चालू अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।
उनका अनुसार चोरी भएको ठाउँदेखि चार सय मिटर पश्चिम कपिलवस्तु तर्फ आउने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने ट्रे फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया