

फोनबाट धम्काउदै रकम असुली गर्ने २ जना पक्राउ


बुटवल। रोयल ग्रुप नामक समूह बनाई व्यवसायी र उद्योगीलाई फोनबाट धम्काउँदै रकम असुली गर्ने तयारीमा जुटेको पूर्व जनमुक्ति सेनाका लडाकु सहित २ जनालाई हतियार सहित रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
कुख्यात अपराधी मनोज पुनको घटना दोहोराउने रणनीतिका साथ बुटवलमा योजना बनाइरहेको अपराधीक टोलीलाई प्रहरीले पक्राउ गरी मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । करिब २ हप्ता अगाडि देखि उद्योगी व्यवसायीले फोनमा धम्काउँदै रकम माग्ने गरेको नदिए बम पडकायर घर र ज्यान समेत सिद्धाइदिने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हात हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।
उनीहरुले उद्योगी व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया