

फोनबाट धम्काउदै रकम असुली गर्ने २ जना पक्राउ



बुटवल। रोयल ग्रुप नामक समूह बनाई व्यवसायी र उद्योगीलाई फोनबाट धम्काउँदै रकम असुली गर्ने तयारीमा जुटेको पूर्व जनमुक्ति सेनाका लडाकु सहित २ जनालाई हतियार सहित रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
कुख्यात अपराधी मनोज पुनको घटना दोहोराउने रणनीतिका साथ बुटवलमा योजना बनाइरहेको अपराधीक टोलीलाई प्रहरीले पक्राउ गरी मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । करिब २ हप्ता अगाडि देखि उद्योगी व्यवसायीले फोनमा धम्काउँदै रकम माग्ने गरेको नदिए बम पडकायर घर र ज्यान समेत सिद्धाइदिने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट विभिन्न हात हतियारसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेहरूमा गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नवीन चन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।
उनीहरुले उद्योगी व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया