

म्यानमारको सेनाद्वारा भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण

एजेन्सी
म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही समूह र स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् ।
पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा भएको आक्रमणमा पाँच लडाकु मारिएका सीएनएफका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेको दाबी समेत गर्नुभएको छ । सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि विरोध हुँदै आएको छ । सेनाले जननिर्वाचित नेत्री सुकीसहित अन्य नेता तथा सयौँ नागरिकलाई पक्राउ गरेको थियो ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया