

म्यानमारको सेनाद्वारा भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण



एजेन्सी
म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही समूह र स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् ।
पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा भएको आक्रमणमा पाँच लडाकु मारिएका सीएनएफका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेको दाबी समेत गर्नुभएको छ । सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि विरोध हुँदै आएको छ । सेनाले जननिर्वाचित नेत्री सुकीसहित अन्य नेता तथा सयौँ नागरिकलाई पक्राउ गरेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया