

भारत : राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको मृत्युु





एजेन्सी भारतको आन्ध्र प्रदेशकाे नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा ७ जनाको ज्यान गएको छ । केही कार्यकर्ता घाइते भएका छन् ।
पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड भएको थियो । अहिलेकाे राज्य विधानसभामा विपक्षी नेता नायडुले हिजो बेलुका एउटा सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कार्यक्रमका लागि जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको बीबीसी हिन्दीले जनाएको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नेता नायडुले ज्यान गुमाएकाका परिवारलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया