
सन्धिखर्कमा हाटबजार संचालनमा

अर्घाखाँची । अर्घाखाँचीमा बिगत २ बर्ष देखि संचालनमा आउन नसकेको हाट बजार पुन संचालनमा आएको छ।सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाट बजार कोरोनाका कारण बन्द भएपछि संचालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समुहको पहलमा हाट बजार संचालनमा आएको समुहका अध्यक्ष पुस्करनाथ बन्जाडेले बताए ।
सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन गरेको कृषि जन्य बस्तुहरु कृषि एम्बुलेन्स बाट निशुल्क ढुवानी गरि दिने ब्यबस्था समेत गरिएको उनको भनाई छ । यो सुविधा जिल्लाका टाडाका कृषकको लागि रहेको बन्जाडेले बताए।हाट बजार संचालन गर्ने क्षेत्रमा ४ हप्ता सम्म किसानले चार्ज पनि तिर्न नपर्ने बताएको छ ।
शुक्र’दयगत र मंगल’दयगत बजारमा सिजन अनुसारका तरकारी फलफुल लगायतका सामग्री बिक्री हुँदै आएकोे बताएको छ ।लकडाउन, निषेधाज्ञाका कारण बन्द रहेको हाट बजारमा सहभागी हुने साना किसानका अनुसार कृषिउपज नष्ट हुने गरेकोमा त्यो अत्य भएको बताएका छन् ।
बजार संचालनको लागि सन्धिखर्क नगरपालिका ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ सन्धिखर्क नगरपालिका वडा नम्बर २ ,बसपार्क टोल सुधार समिती, पश्चिम नेपाल बस ब्यबसायी प्रा। लि।समन्वय गरेको हाट बजार संचालनका अभियायान्ता सहयोगी बिसीले बताए । सागर महतले राजधानी दैनिकमा समाचार लेखेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया