

सन्धिखर्कमा हाटबजार संचालनमा



अर्घाखाँची । अर्घाखाँचीमा बिगत २ बर्ष देखि संचालनमा आउन नसकेको हाट बजार पुन संचालनमा आएको छ।सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाट बजार कोरोनाका कारण बन्द भएपछि संचालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समुहको पहलमा हाट बजार संचालनमा आएको समुहका अध्यक्ष पुस्करनाथ बन्जाडेले बताए ।
सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन गरेको कृषि जन्य बस्तुहरु कृषि एम्बुलेन्स बाट निशुल्क ढुवानी गरि दिने ब्यबस्था समेत गरिएको उनको भनाई छ । यो सुविधा जिल्लाका टाडाका कृषकको लागि रहेको बन्जाडेले बताए।हाट बजार संचालन गर्ने क्षेत्रमा ४ हप्ता सम्म किसानले चार्ज पनि तिर्न नपर्ने बताएको छ ।
शुक्र’दयगत र मंगल’दयगत बजारमा सिजन अनुसारका तरकारी फलफुल लगायतका सामग्री बिक्री हुँदै आएकोे बताएको छ ।लकडाउन, निषेधाज्ञाका कारण बन्द रहेको हाट बजारमा सहभागी हुने साना किसानका अनुसार कृषिउपज नष्ट हुने गरेकोमा त्यो अत्य भएको बताएका छन् ।
बजार संचालनको लागि सन्धिखर्क नगरपालिका ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ सन्धिखर्क नगरपालिका वडा नम्बर २ ,बसपार्क टोल सुधार समिती, पश्चिम नेपाल बस ब्यबसायी प्रा। लि।समन्वय गरेको हाट बजार संचालनका अभियायान्ता सहयोगी बिसीले बताए । सागर महतले राजधानी दैनिकमा समाचार लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया