

रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो



रुस
रुसले युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण गरेको छ । पछिल्लो आक्रमणका कारण कम्तीमा दुई जनाको ज्यान गएको छ ।
आक्रमणका कारण सहर पूर्ण रुपमा उर्जाबिहीन भएको र खेरसान क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले सामाजिक सञ्जालमा रुसी सेनाले सहरको केन्द्रमा गोली चलाएको दाबी गर्नुभएको छ ।
रुसी सेनाले गएको फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसबेला झण्डै तीन लाख जनसङ्ख्या भएको खेरसन सहरलाई कब्जामा लिएको थियो । तर युक्रेनको सेनाले गएको नोभेम्बरमा यो सहरलाई आफ्नो कब्जामा लिएको थियो । खेरसन सहरमा रुस र युक्रेनका सेनाबीच दोहोरो आक्रमण भइरहेको समाचार संस्था एएफपीले जनाएको छ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया