

रुपन्देहीमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी



रुपन्देही । रुपन्देहीका उद्योगीले औद्योगिक क्षेत्रमा भाडा वृद्धि गरिएको भन्दै आन्दोलित भएका छन् । भाडा वृद्धिको बिरोधमा उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ताला लगाएका छन् । उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा ताला लगाएका हुन् ।
आइतबार व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाई दिएको औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले जनाएको छ । उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेकोले बाध्य भएर तालावन्दी गर्नु परेको औद्योगीक क्षेत्र उद्योग संघले जनाएको छ ।
भाडा नघटाएसम्म तालाबन्दी जारी रहने औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष हीरामणि भट्टराईले बताए । भट्टराईले आइतबार २४ घण्टाको लागि साङ्केतिक रूपमा तालाबन्दी गरिएको बताए ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
बुटबल औद्योगिक व्यवस्थापन कार्यालका प्रमुख निमेश अधिकारीले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नगरिएको र अहिले उठाउने भनिएको भाडा पनि २०७५ सालमा गरिएको निर्णय अनुसारको भएको बताएका छन् ।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया