

रुपन्देहीमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी



रुपन्देही । रुपन्देहीका उद्योगीले औद्योगिक क्षेत्रमा भाडा वृद्धि गरिएको भन्दै आन्दोलित भएका छन् । भाडा वृद्धिको बिरोधमा उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ताला लगाएका छन् । उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा ताला लगाएका हुन् ।
आइतबार व्यवस्थापन कार्यालयमा पुगेका उद्योगीहरूले कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाई दिएको औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले जनाएको छ । उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेकोले बाध्य भएर तालावन्दी गर्नु परेको औद्योगीक क्षेत्र उद्योग संघले जनाएको छ ।
भाडा नघटाएसम्म तालाबन्दी जारी रहने औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष हीरामणि भट्टराईले बताए । भट्टराईले आइतबार २४ घण्टाको लागि साङ्केतिक रूपमा तालाबन्दी गरिएको बताए ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
बुटबल औद्योगिक व्यवस्थापन कार्यालका प्रमुख निमेश अधिकारीले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नगरिएको र अहिले उठाउने भनिएको भाडा पनि २०७५ सालमा गरिएको निर्णय अनुसारको भएको बताएका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया