

राजधानीको सुरक्षा व्यवस्था मिलाउन निर्देशन





दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। दाङको राप्ती गाउँपालिकामा सुरक्षा समितिको बैठकमालाई सम्वोधन गर्दै उनले राजधानीको सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नकासबै सुरक्षा निकायले निर्देशन दिएका हुन्।
राजधानी क्षेत्रमा सिसीसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्थापन, मन्त्रालयको सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । आन्तरिक मामिला, कानुन एवम् सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालय तयारी भएको बताए । सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डोत्तलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारीमा छलफल भएको थियो।
बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका विन्धवासी मुख्यालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक बल नेपाल, नेपाली रणसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर र शाखा अधिकृत तुलसी पौडेल लगायतको सहभागीता रहेको थियो।


खबर सबै
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार











प्रतिक्रिया