

सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य


एजेन्सी
श्रीलङ्काले आउँदो वर्ष झण्डै १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटनमन्त्री हरिन फर्नान्डोलाई उद्धृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
आर्थिक रुपमा धरासायी बनेको श्रीलङ्कामा पछिल्लो केही महिना पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री फर्नान्डोले बताउनुभएको छ । अहिले श्रीलङ्कामा महिनाको ३० देखि ६० हजार जनासम्म विदेशी पर्यटक पुगिरहेका छन् ।
पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो । तर कोरोना महामारी र देशमा चलिरहेको राजनीतिक सङ्कटका कारणले पर्यटन व्यवसायमा समस्याग्रस्त बनेको छ । पर्यटन व्यवसाय समस्यामा परेपछि देशको आर्थिक अवस्था नै सङ्कटमा पुगेको छ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया