

अमेजन वन फँडानी १२ प्रतिशतले घट्यो

एजेन्सी –
ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।
नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।
यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ । ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा भएका लक्ष्यप्रति प्रतिबद्ध रहेको समेत बताएको छ ।
विश्वको सबैभन्दा ठूलो घना जङ्गलको क्षेत्र अमेजन जलवायु परिवर्तन न्यूनीकरणका लागि निकै महत्त्वपूर्ण मानिएको छ । जैविक विविधताको खानी मानिने अमेजन वनले अमेजन नदि जलाधार क्षेत्रको धेरै भू–भाग ओगटेको छ ।
अमेजन जङ्गलको झण्डै ६० प्रतिशत भू–भाग ब्राजिलमा रहे पनि पेरु, कोलम्बियालगायतका देशमा पनि फैलावट छ । अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातीय समुदायको बसोबास रहेको छ ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया