

अमेजन वन फँडानी १२ प्रतिशतले घट्यो



एजेन्सी –
ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।
नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।
यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ । ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा भएका लक्ष्यप्रति प्रतिबद्ध रहेको समेत बताएको छ ।
विश्वको सबैभन्दा ठूलो घना जङ्गलको क्षेत्र अमेजन जलवायु परिवर्तन न्यूनीकरणका लागि निकै महत्त्वपूर्ण मानिएको छ । जैविक विविधताको खानी मानिने अमेजन वनले अमेजन नदि जलाधार क्षेत्रको धेरै भू–भाग ओगटेको छ ।
अमेजन जङ्गलको झण्डै ६० प्रतिशत भू–भाग ब्राजिलमा रहे पनि पेरु, कोलम्बियालगायतका देशमा पनि फैलावट छ । अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातीय समुदायको बसोबास रहेको छ ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया