

सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा





एजेन्सी
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गर्नुभएको छ । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उहाँको भनाइ छ ।
रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा वर्तमान राष्ट्रपति जो बाइडेन निदाइरहेको समेत आरोप लगाउनुभएको छ । ट्रम्पले आउँदो चुनावमा उम्मेदवारी दिने घोषणा गरेपछि जो बाइडेनको टिमले ट्रम्पले अमेरिकालाई असफल बनाएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।
पूर्व राष्ट्रपति ट्रम्पले संसद् भवनमा भएको आक्रमण र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरिरहनुभएको छ । आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलभित्र उम्मेदवारको खोजी हुँदा ट्रम्पले फ्लोरिडाका गभर्नरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया