

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति



एजेन्सी
बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ ।
चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको समाचार संस्था एपीले जनाएको छ ।
बेलायतका मन्त्री ग्रेगले दुईदिने भ्रमणका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनलाई भेट्नुभएको थियो । बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उहाँ ताइपेइ पुग्नुभएको थियो । ताइवानले अहिलेसम्म १४ देशसँग मात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । संयुक्त राष्ट्रसङ्घ र अन्य बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइवान वञ्चित हुँदै आएको छ । यसअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–अमेरिका विवाद बढेको थियो ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया