
समाजवादी प्रेस संगठनबाट बन्जाडे र शर्मा जिम्मेवारीमुक्त

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनले लुम्बिनी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष विकास बन्जाडे र जाजरकोटस्थित केन्द्रीय सदस्य भरत शर्मालाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधिमा संलग्न रहेको भन्दै सचिवालयको यस्तै बैठकले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन पक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचार कामलाई अगाडि बढाउने पनि निर्णय गरेको छ ।
त्यस सन्दर्भमा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका हकमा गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गर्ने र साझा ढंगले प्रचार काम अगाडि बढाउने निर्णय भएको महासचिव भूपराज खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पार्टीको प्रत्यक्ष तर्फका सम्पूर्ण उम्मेदवारका हकमा एक–एक जना सञ्चार सहजकर्ता तोकेको पनि विज्ञप्तिमा उल्लेख छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया