

दिल्लीमा वायु प्रदूषणको असर, स्वास्थ्य सङ्कटकाल घोषणा



भारतको राजधानी दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ ।
साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।
धुवाँका कारण हावा दूषित भएपछि नयाँदिल्ली र आसपासका क्षेत्रमा खराब अवस्था छ । धानबाली पराल जलाउने तथा उच्च गाडीको चापका कारण नोभेम्बर महिनाको सुरुदेखि नै दिल्लीमा प्रदूषण बढेको छ । डिजेलबाट चल्ने ट्रक तथा अरु साना गाडीलाई चलाउन रोक लगाइएको छ । दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।
विज्ञले दूषित हावा बालबालिका र वृद्धवृद्धाका लागि निक्कै खतरनाक रहेको बताएका छन् । प्रदूषणका कारण श्वासप्रश्वास, खोकी, नाक बग्ने, आँखा चिलाउनेलगायतका लक्षणसहित बिरामी बढेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया