

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रियो

काठमाण्डाै
भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ ।
हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो । यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा भोलि बिहीवार र पर्सि शुक्रवार देखिन सक्ने उहाँले बताउनुभयो ।
हिजो मङ्गलवारसम्म प्रदूषित हावा नेपाल आउने सम्भावना नदेखिएकोमा एकाएक हावाको दिशा मोडिएर आज बुधवार नेपालतर्फ प्रवेश गरेको हो ।
भारतको हरियाणा र पञ्जाबमा किसानहरूले धान काटेपछि खेतमा बाँकी रहने ठुटामा आगो लगाउने गरेका छन् । मेशिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहने भएकोले त्यसलाई किसानले खेतमै जलाउने गरेका हुन् ।
पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाएबापत जरिबाना तिर्नुपर्ने व्यवस्था भए पनि किसानले गहुँको बिउ छर्नका लागि खेत तयार गर्न छिटो गर्नुपर्ने भन्दै पराल जलाउने काम गरिरहेका छन् ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया