

टी–२० विश्व कपमा पाकिस्तानकाे पहिलाे जित





काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई छ विकेटले हरायाे ।
नेदरल्यान्ड्सले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायाे । उसका माेहम्मद रिनवाले ४९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका ब्रान्डन ग्लाेभरले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९१ रन बनायाे । उसका काेलिन एकरम्यानले २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खानले तीन र माेहम्मद वसिमले दुई विकेट लिए ।
याे पाकिस्तानको प्रतियाेगितामा पहिलाे जितमात्र हाेइन, याे अस्ट्रेलियामा पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित पनि हाे । पाकिस्तान तीन खेलमा दुई अङ्कसहित समूह ‘२’ काे तालिकाकाे पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे नेदरल्यान्ड्स भने अङ्कविहीन हुँदै पुछारमा छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया