

टी–२० विश्व कपमा पाकिस्तानकाे पहिलाे जित



काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले नेदरल्यान्ड्सलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई छ विकेटले हरायाे ।
नेदरल्यान्ड्सले दिएकाे ९२ रनकाे सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा चार विकेट गुमाएर भेटायाे । उसका माेहम्मद रिनवाले ४९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका ब्रान्डन ग्लाेभरले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर ९१ रन बनायाे । उसका काेलिन एकरम्यानले २७ रन बनाए । बलिङतर्फ पाकिस्तानका शदाब खानले तीन र माेहम्मद वसिमले दुई विकेट लिए ।
याे पाकिस्तानको प्रतियाेगितामा पहिलाे जितमात्र हाेइन, याे अस्ट्रेलियामा पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित पनि हाे । पाकिस्तान तीन खेलमा दुई अङ्कसहित समूह ‘२’ काे तालिकाकाे पाँचाैँ स्थानमा छ । उति नै खेल खेलेकाे नेदरल्यान्ड्स भने अङ्कविहीन हुँदै पुछारमा छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया