

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको ज्यान गयाे



एजेन्सी
दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको ज्यान गएको छ ।
शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको ज्यान गएको र कयौँ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन ।
कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहकासाथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायतले घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।


खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो







प्रतिक्रिया