
विश्वकपका लागि स्पेनबाट कतार हिँडेका फुटबल फ्यान इरानमा पक्राउ

विश्वकप फुटबल हेर्न स्पेनबाट कतार हिँडेका एक फ्यान इरानमा पक्राउ परेका छन्। सान्टियाओ सान्चेज कोगेडरकी आमाले पछिल्लो केही सातायता उनीसँग सम्पर्क विच्छेद भएको जानकारी दिएकी हुन्।
गत जनवरीमा स्पेनको मड्रिडनजिकैबाट उनी विश्वकपको लागि भन्दै हिँडेरै कतार जान निस्किएका थिए। नोभेम्बर २० मा हुने विश्वकपमा कतार पुग्ने उद्देश्यका साथ उनी बेलैमा निस्किएका थिए। यद्यपि पछिल्लो एक महिनायता भने उनको परिवारसँगको सम्पर्क छुटेको छ।
उनलाई इरानको कुन जेलमा राखिएको भन्ने अहिलेसम्म खुलाइएको छैन। अहिलेसम्म इरानले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
सान्चेज कोगेडरले आफ्नो यात्राको विवरण इन्स्टाग्राममा राख्दै आएका थिए। उनको पछिल्लो पोस्ट अक्टोबर १ मा राखिएको थियो। उक्त पोस्टमा उनले आफू इराकको उत्तरी गाउँबाट इरान प्रवेश गरेको बताएका छन्। उनले आफू इरानको बन्दर अबास बन्दरगाहबाट डुङ्गा चढेर कतार जान लागेको परिवारलाई बताएका थिए।
अहिले इरानमा हिजाबविरुद्धको आन्दोलन चलिरहेको छ। इरानले यो आन्दोलन चर्काउन अमेरिका र पश्चिमा मुलुकले भूमिका खेलेको आरोप लगाउँदै आएको छ।
गत महिना इरानका अधिकारीले पोल्याण्ड, इटाली र फ्रान्सका नौ विदेशीलाई यो आन्दोलन चर्काउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको बताएको थियो। यद्यपि सान्चेज कोगेडर भने कुनै पनि राजनीतिक मुद्दामा संलग्न नरहेको उनका परिवारले बताएका छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया