

टी–२० विश्व कप क्रिकेट : आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै





काठमाण्डाै
आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्ड बिहान पौने १० बजे खेल्दैछन् ।
त्यस्तै दोस्रो खेलमा दिउँसो पौने दुई बजे घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुनेछ । आजका दुई वटै खेल मेलवर्नमा हुनेछन् ।
हिजो भएको खेलमा पाकिस्तान जिम्बाबेसँग १ रनले पराजित भयो । भारतले नेदरल्यान्डलाई ५६ रनले हराएको थियो भने दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड २ खेलमा ३ अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्का, इङ्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारकासाथ २/२ अङ्क जोडेका छन् । नेटरनरेटको कारण श्रीलङ्का दोस्रो, इङ्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा छन् ।
अफगानिस्तान २ खेलमा १ अङ्ककासाथ पुछारमा छ । सुपर १२ को समूह ‘२’ मा भारत २ खेलमा ४ अङ्ककासाथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्ककासाथ दोस्रो स्थानमा छ।
जिम्बाबे दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन अङ्ककासाथ तेस्रो स्थानमा छ । बङ्लादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छन्।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया