

टी-२० विश्वकप : वेष्ट इण्डिज बाहिरियो, आयरल्याण्ड सुपर १२ मा

काठमाण्डौँ
दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी-२० विश्वकपको समूह चरणबाटै घर फर्केको छ ।
अष्ट्रेलियामा आज (शुक्रबार) भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो ।
वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ ।
वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । आयरल्याण्डलाई जिताउँदै सुपर १२ मा पु¥याउन ओपनर ब्याटर पल स्टर्लिङले ६६ रनको अविजित पारी खेले । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन् ।
लोर्कन टस्कर ४५ रनमा अविजित रहे । उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एण्डी बलब्रिनी ३७ रनमा क्याच आउट भए ।
वेष्ट इन्डिजका लागि अकेल होसेनले मात्र विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।
वेष्ट इन्डिजका लागि ब्रान्डोन किङले सर्वाधिक ६२ रनको अविजित पारी खेले । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
जोन्सन चार्लीले १८ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए ।
लेविस र पोरनले समान १३ रन बनाए भने ओडे स्मिथ १९ रनमा अविजित रहेका थिए । आयरल्यान्डका लागि ग्रेथ डिलानेले सर्वाधिक ३ विकेट लिए । ब्यारी म्याकक्यार्थी र सिमी सिंहले समान १ विकेट लिए ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया