

पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित





एजेन्सी
घरेलु टोली भारतले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको छ । लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो ।
पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो । जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो ।
भारतका लागि सन्जु सामसन र श्रेयस आयरले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । सामसनले अविजित ८६ रन तथा श्रेयसले ५० रनको अर्धशतकिय पारी खेले ।
दक्षिण अफ्रिका लुंगी एनजीडीले ३ तथा कागिसो राबडाले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन तथा हेन्रिच क्लासेनले अविजित ७४ रनको अर्धशतकिय पारी खेले । त्यस्तै क्विन्टन डी ककले ४८ रन जोडे ।
भारतका सार्दुल ठाकुरले २ विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो एकदिवसीय आइतवार तथा अन्तिम खेल मंगलवार हुनेछ । यसअघि भएको टी–२० श्रृंखला भारतले जितेको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया