

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ काे मृत्यु


इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको ज्यान गएको छ ।
पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १ सय २७ जनाको ज्यान गएको र १ सय ८० जना भन्दा धेरै घाइते भएका प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ ।
खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेकाे खबरमा उल्लेख छ । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताउनुभएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया