
नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका पन्थी र सह संयोजकमा बाणगंगाका अर्याल चयन

कपिलवस्तु । लुम्बिनी प्रदेश अन्र्तगत नेपाल नगरपालिका संघको अध्यक्षमा गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी चयन भएका छन् ।
भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।
संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि समिति चयन गर्ने नीति बनाएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा १०९ स्थानीय तहमध्ये ४ उपमहानगर ३२ नगरपालिका गरि ३६ नगरहरु संघ अन्तरगत छन् ।
नवनिर्वाचित पन्थीले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । लुम्बिनी प्रदेश अध्यक्ष बनेका पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुन् ।
यस्तै नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको सह संयोजकमा कपिलवस्तुको बाणगंगा नगपालिकाका मेयर चक्रपाणी अर्याल चयन भएका छन् ।
लुम्विनी प्रदेश नगरपालिका संघको दोश्रो अधिबेशनवाट संघको प्रदेश सहसंयोजकमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल सर्वसहमत रुपमा चयन भएका हुन ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया