
बर्दिया पुगरे कमल थापाले भने, “जनताले हिन्दु राष्ट्र चाहेका छन”

बर्दिया । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका नागरिकले हिन्दु राष्ट्र चाहिरहेको दावी गरेका छन । बर्दियाको गुलरियामा आयोजना गरिएको बृहत पार्टि भेला तथा पार्टि प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले हिन्दु राष्ट्र नहुदा देशमा जातिय, क्षेत्रिय द्धन्द्ध बढदै गएको बताउदै विदेशीको चाहनामा अहिलेका राजनितिक दलहरु चलेका कारण आम नागरिकले सास्ती भोग्नु परेको बताए ।
थापाका अनुसार देशमा महंगी व्यापक रुपमा बढिरहेको बताउदै महगी नियन्त्रण गर्न सरकार असफल भएको दावी समेत गरे । सरकार नागरिकलाई सुरक्षा , रोजगार दिन नसकिरहेको अवस्थामा थप महगी थुपारेर कगाल बनाउन खोजीरहेको बताए । राप्रपाबाट अलग भएपछि पहिलो पटक बर्दिया आएका थापाले मधेशी , थारु समुदायका समस्या कुनै पनि दलले सम्बोधन नगरेको दावी समेत गरे ।
अहिलेको सरकार भ्रष्ट भएको बताउदै यसका विरुद्धमा लाग्नु पर्ने बताए । सानो हलमा खचाखच मानिसको भिडमा पसिना चुहाउदै थापाले आगामी निर्वाचनमा राप्रपा नेपाललाई जिताउन आग्रह गरेपनि एक्ले निर्वाचन लडने वा अन्य कुनै दल संग सहकार्य गरेर जाने भन्ने विषयमा केहि बोलेनन ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया