

गजल



घनश्याम पराजुली लेख्नुहुन्छ ः
सत्ताको गुलाम गर्नेलाई जनताको हाल नसोध्नु
अधिकार लिलाम गर्नेलाई जनताको ढाल नसोध्नु
यहाँ यस्तै छ छोटेहरुको चैन
कानुनको क नजान्नेहरुलाइ संबिधान र ऐन नसोध्नु
उठ्ने छन् बिस्तारै सारा जनतालाई अब भत्ता नसोध्नु
कति बने जनता मुर्ख फेरि कस्तो मुर्ख नसोध्नु
सत्ताको उन्मातले बेहोस भएर फेरि जनतालाई भर्याङ नसोध्नु
सत्ताको कर्मले नियति भोगाएपछि विगत र कुकृत्य नसोध्नु
बलवान् डाइनोसर, लेन्डुपदोर्जे झै इतिहास सम्झेर वर्तमान नसोध्नु
पश्चतापले पिरोलिएर विरक्त भै फेरि मलाई आफ्नो कथा नसोध्नु


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया