

आज देखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको बढेको तलब कार्यान्वयनमा



काठमाडौं । आज साउन १ अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन । आर्थिक वर्ष २०७८/०७९ को अन्त्य सँगै नयाँ आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ । आज आइतबारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेट समेत कार्यान्वयनमा गएको छ ।
यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।
जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।
सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया