
आज देखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको बढेको तलब कार्यान्वयनमा

काठमाडौं । आज साउन १ अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन । आर्थिक वर्ष २०७८/०७९ को अन्त्य सँगै नयाँ आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ । आज आइतबारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेट समेत कार्यान्वयनमा गएको छ ।
यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।
जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।
सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया