आज देखि नयाँ आर्थिक वर्ष सुरु, कर्मचारीको बढेको तलब कार्यान्वयनमा

काठमाडौं । आज साउन १ अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन । आर्थिक वर्ष २०७८/०७९ को अन्त्य सँगै नयाँ आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ । आज आइतबारदेखि आर्थिक वर्ष २०७९/०८० को बजेट समेत कार्यान्वयनमा गएको छ ।
यससँगै सरकारले कर्मचारीको १५ प्रतिशतले वृद्धि गरेको तलब पनि कार्यान्वयनमा गएको छ । यससँगै साउन महिनाको तलब अघिल्लो तलबभन्दा १५ प्रतिशतले बढेर आउनेछ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए ।
जसअनुसार मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।

सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नासुको ३४ हजार ७३० र खरदारको ३२ हजार ९ सय २ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै