

संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका ८ बोडगाउँमा शुभकामनाआदानप्रदान



ई–साझाकुरा, असोज ३
पाँचौ संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा शुभकामनाआदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हेल्प फर ह्यापिनेस, कपिलवस्तुले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि रहेका वडा नम्बर ८ का अध्यक्ष गुनानिधि भुसालले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए । कार्यक्रममा युवा नेता टीआर पाण्डेले संबिधान दिवस भनेको नेपालीहरुको महान चाड जस्तै हो भन्दै यसलाई हरेक वर्ष धूम धामका साथ मनाउनु पर्ने बताए ।

उनले संबिधानले हरेक धर्म संस्कृति जात जाति सम्पूर्णको मौलिक हकको सुनिस्चित गरेको बताए । कार्यक्रममा हेल्प फर ह्यापिनेसका सह-सचिव विशाल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष निर्मल शर्माले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए । त्यस्तै कार्यक्रमको संचालन सचिव सुशान्त पोख्रेलले गरेका थिए । कार्यक्रममा हेल्प फर ह्यापिनेस कपिलवस्तुका सुशील आचार्य, विवेक पौडेल, मधु सुधन भुसाल, सरोज घिमिरे, रोशन आचार्य लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया