

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्नेमा चीनको जोड



एजेन्सी
अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ ।
अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने उल्लेख गरेको छ ।
बढ्दो मुद्रास्फीतिको वर्तमान अवस्थालाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालसामानमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायले लाभ उठाउने मन्त्रालयका प्रवक्ता शु जुटिङले बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उहाँले दुवै पक्षको जितको अवस्था अर्थात समाधानको मध्यबिन्दु खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने बताउनुभयो । साथै दुई देश र विश्वका आम नागरिकलाई लाभ पुर्याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृङ्खलाको स्थिरता कायम राख्नुपर्नेमा पनि उहाँको जोड छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया