

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्नेमा चीनको जोड



एजेन्सी
अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ ।
अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने उल्लेख गरेको छ ।
बढ्दो मुद्रास्फीतिको वर्तमान अवस्थालाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालसामानमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायले लाभ उठाउने मन्त्रालयका प्रवक्ता शु जुटिङले बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उहाँले दुवै पक्षको जितको अवस्था अर्थात समाधानको मध्यबिन्दु खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने बताउनुभयो । साथै दुई देश र विश्वका आम नागरिकलाई लाभ पुर्याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृङ्खलाको स्थिरता कायम राख्नुपर्नेमा पनि उहाँको जोड छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया