

अफगानिस्तानमा भूकम्पका कारण कम्तीमा ९ सय २० जनाको ज्यान गयो





एजेन्सी : अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नौ सय २० जनाको ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिरो गएको र भत्किएको घरहरू देख्न सकिन्छ ।
भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेको तस्बिरहरू सार्वजनिक भएको छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ ।
तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयौँ घर भत्किएको र ज्यान गुमाउनेको सङ्ख्या बढ्ने सक्ने बताउनुभएको छ । अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया