

अफगानिस्तानमा भूकम्पका कारण कम्तीमा ९ सय २० जनाको ज्यान गयो



एजेन्सी : अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा नौ सय २० जनाको ज्यान गएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
सामाजिक सञ्जालमा प्राप्त तस्बिहरूमा पहिरो गएको र भत्किएको घरहरू देख्न सकिन्छ ।
भूकम्पका कारण सबैभन्दा धेरै क्षति पाक्तिका प्रान्तमा भएको छ । यस प्रान्तमा घाइतेहरूलाई स्ट्रेचरमा लैजाँदै गरेको तस्बिरहरू सार्वजनिक भएको छ । दुर्गम ठाउँका घाइतेहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ ।
तालिबान नेता हिबतुल्लाह अखुन्जादाले सयौँ घर भत्किएको र ज्यान गुमाउनेको सङ्ख्या बढ्ने सक्ने बताउनुभएको छ । अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० का अनुसार बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झन्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया