आठौँ चुरे दिवस : बाणगंगाको मधुवनमा मुख्यमन्त्रीद्धारा बृक्षरोपण

कपिलवस्तु । कपिलवस्तुको बाणंगा नगरपालिका वडा नम्बर ८ मा चुरे दिवसको अवसरमा आज बृक्षरोपण गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यन्वयन ईकाई रुपन्देहीले आयोजना गरेको आठौँ चुरे दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवन स्थित नदी संरक्षण पछि बनेको बगर क्षेत्रमा सिसौ,खयर, बडहर, बकाइनो लगाएतका प्रजातीका बिरुवाहरु रोपिएको कार्यक्रम कार्यान्वयन ईकाईका निर्मल थापाले जानकारी दिनुभएको छ ।

बृक्षरोपणको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले अहिले भइरहेका कामले केहीसमयमै रोजगारी सिर्जना गर्न सक्ने आधार सहित काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तह होस वा प्रदेश सरकार सबैले गर्ने कामको नजिता केही समयमा देखिने गरी र त्यसको प्रतिफल लिन सकिने गरी गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका सबै नदी किनारमा बाँसका बिरुवा रोप्ने र यसले अबको १० वर्षमा उत्पादन दिन थाल्छ भन्ने प्रदेश सरकारको रणनिति रहेको भन्दै वडाले पनि योजना बनाएर काम गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आठौँ चुरे दिवसको अवसरमा गरिएको बृक्षरोपणले खाली जमिनको संरक्षण र वन जंगलको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले वृक्षरोपण गरेर मात्रै नहुने भन्दै अब रोपिएका बिरुवाको संरक्षण र विकासमा सबैले ध्यान दिन आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले मधुवनको बगर क्षेत्रमा करिब ७ हजार बढी बिरुवा रोपिएको बताउनुभयो । उहाँले वडाका तर्फबाट बोटविरुवाको संरक्षण र विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो । यस्तै उहाँले चुरे क्षेत्रको संरक्षण र वनको विकासका लागि सबै पक्ष योजनाबद्ध लाग्नुपर्ने उहाँको भनाई थियो ।

वडा नम्बर ८ मधुवन स्थित स्थानीयको उल्लेख्य सहिभागिता रहेको कार्यक्रमा तारबार गरी संरक्षित गरिएको बगर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

प्रतिक्रिया

खबर सबै