

नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश



काठमाडौं । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्याली, कर्मचारीबीच फूटबल, ब्याडमिण्टन, म्युजिकल चेयर लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधि उपचारका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष रोहितकुुमार भट्टराईले संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
कम्पनीले विगत केही वर्षयता आफ्नो सेवा प्रवाह, बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायत सूचकांकमा उल्लेख्य वृद्धि गरेको दाबी गरेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया