

नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश



काठमाडौं । नेको इन्सुरेन्स २७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलवार २६ वर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले रक्तदान कार्यक्रम, बीमा सचेतनामूूलक साइकल र्याली, कर्मचारीबीच फूटबल, ब्याडमिण्टन, म्युजिकल चेयर लगायत विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिर, नक्सालका बालबालिकाको औषधि उपचारका लागि २ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष रोहितकुुमार भट्टराईले संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।
कम्पनीले विगत केही वर्षयता आफ्नो सेवा प्रवाह, बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायत सूचकांकमा उल्लेख्य वृद्धि गरेको दाबी गरेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया