

दिप प्रज्वलन गरी संविधान दिवस मनाउन जिल्ला प्रशासन कपिलवस्तुको आग्रह





भदौ २९ कपिलवस्तु
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना सँगै जनताका प्रतिनिधिहरुबाट जारी गरिएको नेपालको संविधन २०७२ लागु भएको पाँच वर्ष भएको छ । २०७२ अशोज ३ गते जारी गरिएको नेपालको संविधानको हरेक वर्ष अशोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउने गरिन्छ । यस वर्ष कोरोना महामारिका कारण सरकारले सामान्य किसिमले संविधान दिवस मनाउन आग्रह गरे सँगै कपिलवस्तुमा पनि जिल्ला प्रशासन कार्यालयले संविधान दिवस मनाउन एक सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनाराण पौडेलले जारी गर्नुभएको सूचना अनुसार अशोज २,३ र ४ गते प्रदेश तथा स्थतनिय तहका सम्पूर्ण निकाय, प्रतिष्ठान, संघ संस्था तथा कार्यालयमा राष्ट्रिय झण्डा फहराउन आग्रह गरीएको छ । त्यस्तै तीन दिन हरेक घरघरम दीप प्रज्वलन गरी संविधान दिवस मनाउन भनिएको छ । कोरोना महामारी कायमै रहेकाले अघिल्ला वर्षमा जस्तो भिडभाड र जमघट भएर औपचारिक कार्यक्रम गर्न नहुने प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बतउनुभयो । संविधानका मर्म र विचारहरुका बारेमा विभिन्न संचारमाध्यमबाट भने सूचना संन्देश र जानकारी आदानप्रदान गर्न सकिने उहाँको भनाई रहेको छ ।



खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया