

आजको मौसम : हावाहुरी र वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेकोले हावा हुरी तथा वर्षा एकै साथ आएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।
हाल प्रदेश १ तथा देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदली रहेको छ महाशाखाले जनाएको छ। प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।
आज दिउँसो मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशबाहेकका स्थानमा बदली रहने विभिन्न स्थानमा हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। ुप्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ,ु मौसम बुलेटिनमा भनिएको छ, ुप्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।ु
यसैगरी राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया