

प्रिमियर लिगमा सालाहको ह्याट्रिकमा लिभरपुलको जित



भदौ, २८ काठमाडौं ।
साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४(३ ले पराजित गरेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।
खेलको सुरुमै लिभरपुलले अग्रता लिएको थियो । सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुवातदेखि नै चुनौती दिएको थियो ।
चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । त्यसको दश मिनेटपछि प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुले ३(२ को अग्रता बनायो ।
३३ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३(३ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको थियो ।
खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया