

प्रिमियर लिगमा सालाहको ह्याट्रिकमा लिभरपुलको जित



भदौ, २८ काठमाडौं ।
साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४(३ ले पराजित गरेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।
खेलको सुरुमै लिभरपुलले अग्रता लिएको थियो । सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुवातदेखि नै चुनौती दिएको थियो ।
चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । त्यसको दश मिनेटपछि प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुले ३(२ को अग्रता बनायो ।
३३ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३(३ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको थियो ।
खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया