

सरकारले दियो चुनावको दिन सार्वजनिक बिदा



काठमाडौं
सरकारले आगामी वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका हुन् ।
मन्त्रालयले सोमबार विज्ञप्ति नै जारी गरेर सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० गते बिदा दिने निर्णय गरेको हो ।
वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।



खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया