बाणगंगाका जनताले प्रत्यक्ष अनुभव गर्ने खालको विकास गर्ने लक्ष्य हो हाम्रोः मेयरका प्रत्यासी अर्याल

कपिलवस्तु
कपिलवस्तु वाणगंगा नगरपालिकामा चार दलिय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नगर प्रमुख पदका उम्मेद्वार देवराज अर्यालले घोषणपत्र केवल लेख्नकै लागि मात्र बनाउन नहुनेमा जोड दिएका छन् ।

आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले घोषणापत्र हुवहु कार्यान्वयन गर्न सकिने खालका बनाउनुपर्ने बताए । वाणगंगामा चार दलिय गठबन्धनले आफुले गर्न सकिने काम मात्र घोषणापत्रमा उल्लेख गरेको उनले जनाए । उनले भने “ बाणगंगाका जनताले प्रत्यक्ष अनुभव गर्ने खालको विकास गर्ने लक्ष्या हो हाम्रो ।”

साथै उनले जनताको बीचमा धेरै सपना बाडिए पनि त्यो पूरा हुन नसक्दा निरासा मात्र छाएको बताए । विभिन्न राजनीति परिवर्तन भएपनि जनताको अवस्था नफेरिएको भन्दै अब अवस्था फेर्नका लागि चुनावी मैदानमा आफुहरु उत्रिएको उनले जनाए । राजनीति परिवर्तनले केहीँ गरेन भन्ने होइन् तर, सोचे जस्तो काम हुन नसकेको भने साँचो कुरा भएको उनको तर्क थियो ।

शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण लगायतको सन्दर्भमा लगभग सबैका कुरा मिल्ने खालका भए पनि आफुहरुले नगर बस सञ्चालन गर्ने गरी घोषणापत्र ल्याएको बताए । टाढा टाढाका जनतालाई यातायातको असुविधा रहेको भन्दै नगर बस सञ्चालनले त्यसलाई सहज बनाउने उनको तर्क थियो ।

चारनम्बर चोकमा आकाशे पुलको अवधारणा पनि आफुहरुले ल्याएको उनले सुनाए । गाडीको चाप बढेसंगै चारनम्बर चोकमा यसको आवश्यकता देखिएको उनको भनाई थियो ।

वाणगंगा नगरपालिकामा समानुपातिक विकास हुन नसकेको भन्दै वर्तमान नेतृत्वको उनले ध्यानाकर्षण गराएका छन् । पटनाको विकास अत्यन्तै पछाडी परेको भन्दै त्यहाँ किन विकास भएन भनेर उनले प्रश्न गरेका छन् । विजुलीका पोलहरु बाँसका भएको भन्दै बाटोघाटोको पनि उस्तै समस्या त्यहाँ भएको उनले यर्थाथ चित्र प्रस्तुत गरे ।

नगरका तल्लो बर्गका नागरिकको अवस्था फेर्नका लागि आफुहरु गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको भन्दै गठबन्धनका सबै साझा उम्मेद्वारहरुलाई भोट दिएर जिताउन उनको आग्रह थियो ।

प्रतिक्रिया

खबर सबै