

सरकारले सार्वजनिक सवारी साधनको भाडामा १३ प्रतिशतले बढाउने निर्णय



काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशतसम्म बढाएको हो ।
यातायात व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै दबाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा बढाउन स्वीकृत गरेको हो । यातायात व्यवस्था विभागका अनुसार एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारी साधनमा मात्रै भाडा बढाइएको हो । रुटअनुसार बढेको भाडाको सूची आइतबार सार्वजनिक गरिने र सूची सार्वजनिक भएपछि लागू हुने विभागले जनाएको छ ।
तर, स्थानीय स्तरमा चल्ने (लोकल) सवारी साधनको भाडा भने नबढ्ने विभागले जनाएको छ । यसका साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको बताइएको छ । विभागका अनुसार गत असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको हो ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया