

सरकारले सार्वजनिक सवारी साधनको भाडामा १३ प्रतिशतले बढाउने निर्णय




काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशतसम्म बढाएको हो ।
यातायात व्यवसायीले इन्धनको मूल्य बढेको भन्दै दबाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत् प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा बढाउन स्वीकृत गरेको हो । यातायात व्यवस्था विभागका अनुसार एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारी साधनमा मात्रै भाडा बढाइएको हो । रुटअनुसार बढेको भाडाको सूची आइतबार सार्वजनिक गरिने र सूची सार्वजनिक भएपछि लागू हुने विभागले जनाएको छ ।
तर, स्थानीय स्तरमा चल्ने (लोकल) सवारी साधनको भाडा भने नबढ्ने विभागले जनाएको छ । यसका साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको बताइएको छ । विभागका अनुसार गत असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको हो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया